प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा र मदिरा सहित मानिस नियन्त्रणमा

२०८३-०२-२६

  • A
  • A-
  • A+
Share

धदिङ, घुम्दी घरभई हाल चितवन भरतपुर महानगरपलिका-३ नौघरे स्थितमा डेरा गरी खाजा पसल संचालन गरी बस्ने वर्ष ६० की ज्ञानु कुमारी श्रेष्ठले लुकाई छिपाइ लागुऔषध घरेलु मदिरा बिक्री वितरण गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोली खटी गई कोठा खान तलासी गर्दा कोठा भित्र लुकाई राखेको अबस्थामा लागुऔषध गाँजा ४ केजि ९०० ग्राम र अन्दाजी-३०० लिटर तयारी घरेलु मदिरा सहित निज ज्ञानु कुमारी श्रेष्ठ र निजको छोरा वर्ष ३७ को प्रकाश श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको । 

सवारी दुर्घटना ।
२०८३-०३-२५

चितवन,  खैरहनी नगरपालिका-९ नमुना पेट्रोल पम्प स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ४९९२ नम्बरको बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मधेश प्रदेश ०१००५ प०६३३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको, मोटरसाइकल चालक जिल्ला सप्तरी राजविराज नगरपालिका-३ बस्ने वर्ष ३० को अन्जन ठाकुर  र पछाडि सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-११ बस्ने २१ की किर्ति गुरुङ हात खुट्टामा चोट दुबै जनाको अवस्था मध्यम दुवै जना घाईतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको बस चालक जिल्ला चितवन रत्ननगर नगरपालिका बस्ने वर्ष ५२ को लक्षण महतो नियन्त्रणमा  रहेको आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।