प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-२३

  • A
  • A-
  • A+
Share

चितवन रत्ननगर नगरपालिका-१३ लौरीघोल स्थित इलाका प्रहरी कार्यालय, टाडीबाट खटिएको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा जिल्ला चितवन रत्ननगर नगरपालिका-१३ बस्ने वर्ष  २४ को सुकबिर स्याङतान र जिल्ला चितवन रत्ननर नगरपालिका-१४ बस्ने वर्ष ४० को सुरज थापा मगरको साथबाट एनारगन २४७ क्याप्सुल, ट्रामाडोल ७३ क्याप्सुल लागुऔषध र ना ६२ प ९४४० नम्बरको मोटरसाईकल सहित दुबै जनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।