प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोजेटीभको मृत्यु

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१०स्थित रहेको नयाँ मेडिकल कलेज भरतपुरमा एक पुरुषको कोरोना पोजेटिभ भई  मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-६ बस्ने २८ वर्षीय ईश्वर गुरुङ रहेका छन् । निज निमोनिया सम्बन्धी बिरामी भई नयाँ मेडिकल कलेज भरतपुरमा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामी निज ईश्वर गुरुङ  भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार गराईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले शव व्यवस्थापनको लागि हस्पिटल प्रशासन सँग समन्वय गरी व्यवस्थापन कार्य गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।