प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी ६९ वर्षीय पुरूषको मृत्यु

२०८२-०७-२९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-७, तल्लो  बजार स्थित बस्ने वर्ष अन्दाजी ६९ को चन्द्र प्रसाद पन्तले आफ्नै घर देखि अन्दाजी ५० मिटर पश्चिम तर्फ पर्ने कुलोमा बिधुतिय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर ढलेकोमा निजलाई तत्काल उपचारको लागी सरकारी अस्पताल भरतपुर ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।