प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१८ रमिते आपखोला स्थित एक वृद्धा महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने शेर बहादुर थामीको श्रीमती ६० वर्षीय हरीमाया थामी रहेकी छिन् । निज आफ्नो घर बाट अन्दाजी ५०० मिटर दक्षिण तर्फ रहेको आप खोला जंगलमा महादेबको लहराको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।