प्रहरी कार्यालय
२०८२-०५-२४
मकवानपुर, थाहा नगरपालिका-५, फुर्के डाँडा घइ भइ माइती चितवन राप्ती नगरपालिका-१ परेवाकोट आएकी विक्रम बलको श्रीमती वर्ष २५ की सुनिता थिङले प्यारा क्विक नामक घाँस मार्ने विषादी सेवन गरी बिरामी भई सरकारी अस्पताल भरतपुरमा ल्याइ उपचार भइ रहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१२, कोल्टे घोल स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको २ जनाको गस्ती टोलीले जिल्ला चितवन कालिका नगरपालिका-३, बस्ने वर्ष २० को सरोज खड्कालाइ शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ट्रामाडोल २०७ पिस र भुमिन २०८ पिस फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन तर्फ पठाइएको ।
धादिङ, गजुरी गाउँपालिका-२, चवाङटारी स्थित बस्ने वर्ष अन्दाजी ७७ को सुकमान तामाङले आफ्नै घर भित्रको दलिनमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३, मलेखु स्थित सन्देश त्रिपाठीको घरमा कोठा भाडा लिई बस्ने वर्ष अन्दाजी २६ को मणि प्रसाद पराजुली आफ्नै कोठा भित्र रहेको सिलिङ पङ्खामा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, ककनी गाउँपालिका-८, मात्रागाँउ स्थित बस्ने वर्ष अन्दाजी ६८ को ज्ञान बहादुर कामी आफ्नो घर देखि अन्दाजी ५०० मिटर पश्चिम छिमेकी पुर्णलाल श्रेष्ठको बारीमा रहेको कटुसको रुखमा साडीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, बिगु गाउँपालिका-१, पखेरू ठाडी बस्ने छोइबा तामाङको छोरा अन्दाजी वर्ष ४५ को बाइसल तामाङ मौवाको रुखमा गलबन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।