प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

गोली सहित मानिस नियन्त्रणमा

२०८२-०५-११

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-४, बखुनटोल स्थितमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी टोली गई झै-झगडामा संलग्न जिल्ला नबलपरासी गैडाकोट नगरपालिका-१२  घर भई जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ बखुनटोल स्थित डेरा गरि बस्ने बर्ष अन्दाजी २१ को रोशन बि.क लाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा कोठमा रहेको काठको दराजमा लुकाई छिपाई राखेको अवस्थामा  9MM को गोली राउण्ड २ फेला परेको हुदाँ रित पूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याई अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।