प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, मेनरोड स्थित बलराम दास पेट्रोल पम्प अगाडी बिष्णु देवी नकर्मीको घरमा रहेको मोटरसाईकल वर्कशपमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटि गई वर्कशपमा बसेको जिल्ला सप्तरी राजगढ गाउँपालिका-२, घर भई हाल हेटौंडा उपमहानगरपालिका-१०, आँखा अस्पताल अगाडी डेरा गरी बस्ने वर्ष अन्दाजी ३६ को अजय सिंहलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो रोईन जस्तो देखिने पदार्थ १ ग्राम २८० मिली ग्राम (तौल गर्दा) फेला परेको ।  वर्कशप संचालक जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-६, घर भई हाल हेटौंडा उपमहानगरपालिका-९, लामसुरे डेरा गरी बस्ने वर्ष अन्दाजी ३६ को शैलेन्द्र चौधरी समेत गरी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।