प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि चालकको मृत्यु

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३, भस्मेखोला स्थित काठमाण्डौ-मेलम्ची सडक खण्डमा काठमाण्डौबाट मेलम्ची तर्फ आउँदै गरेको बा ४ ख ७५०६ नं. को खाली टिफर रोडबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना हुँदा चालक सोहि-८, बस्ने वर्ष अन्दाजी ४० को पुर्णमान दोङ  घाईते भई उपचारको लागी मेलम्ची नगर अस्पताल तर्फ पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।