प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रम (हातेमालो) सम्पन्न ।

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वय एवं सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मिति २०८२।०२।१६ गते देखी ऐ.२२ गते सम्म सञ्चालन भएको ७ दिने कार्यक्रम अन्तर्गत आज मिति २०८२।०२।२२ गते भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदि किनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्काउट समेतको जल उद्धार सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा माननीय मुख्य मन्त्रीज्यूबाट विपद् उद्धारमा योगदान पुर्याउनु हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला निकायहरूलाई कदर-पत्र प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा राखिएको विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू, मध्य पृतना हेडक्वाटर सुपारीटार हेटौंडाका उप-रथिज्यू, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू, जनप्रतिनिधि, संचारकर्मी, अस्पताल, स्काउट, नेपाल रेडक्रस, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।