प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रम (हातेमालो) सम्पन्न ।

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वय एवं सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मिति २०८२।०२।१६ गते देखी ऐ.२२ गते सम्म सञ्चालन भएको ७ दिने कार्यक्रम अन्तर्गत आज मिति २०८२।०२।२२ गते भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदि किनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्काउट समेतको जल उद्धार सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा माननीय मुख्य मन्त्रीज्यूबाट विपद्‍ उद्धारमा योगदान पुर्याउनु हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला निकायहरूलाई कदर-पत्र प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा राखिएको विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू, मध्य पृतना हेडक्वाटर सुपारीटार हेटौंडाका उप-रथिज्यू, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू, जनप्रतिनिधि, संचारकर्मी, अस्पताल, स्काउट, नेपाल रेडक्रस, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।