प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०१-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२१, रामचोक बस्ने वर्ष ६५ की रेवती सुनारले आफ्नै घरको कोठामा फलामको बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा छिमेकीले देखि तत्काल डोरी काटी उपचारको लागी भरतपुर सरकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।