प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा करेन्ट लागी एक पुरुषको मृत्यु

२०८२-०१-०६

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-५, नागदह बस्ने धावा तामाङको छोरा वर्ष अन्दाजी २४ को मणिराज तामाङको दाजुले चलाएको  बा ३ क १५०५ नं. को टिफरमा बसी सोहि खाँडादेवी गाउँपालिका-४ रजगाउँ स्थित सेलेघाट-साघुँटार निर्माणाधिन सडक खण्डको लागि श्री भारत कन्ट्रक्सन सिद्धिसाई जे.भि. कम्पनीले संचाल गरेको क्रसरमा गई बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको सावेल लिन जादाँ सोही टिफर माथिबाट गएको विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा छोई करेन्ट लागि निज मणीराज तामाङ घाईते भई उपचारको लागि मन्थली अस्पताल लगेकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।