प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत मानिस फेला

२०७८-०९-२६

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका वडा नं. ९ बतासे पाखा बस्ने वर्ष अन्दाजी ६३ को रत्नमान श्रेष्ठ आफ्नो घर देखी पश्चिम तर्फ रहेको खेत जोत्न भनि गएको र दिनभरी खेत जोती राती अबेरसम्म पनि घर नफर्केकोले खोज तलास गर्ने क्रममा निजको श्रीमतीले आज मिति २०७८।०९।२६ गते अन्दाजी ०७:०० बजेको समयमा आफ्नो घरबाट अन्दाजी १०० मिटर पश्चिम तर्फको झोलुंगे घट्टे खोलामा घोप्टो परी मृत अवस्थामा फेला पारेको, खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली मुचुल्का तथा  थप अनुसन्धानको कार्य भैइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।