प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको प्रशासनिक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीज्यू, बागमती प्रदेश सभाका माननीय सदस्यज्यू, जिल्ला समन्वय समितिका पदाधिकारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकज्यू, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागूऔषध सहित २ जनालाई पक्राउ
२०८३-०६-११

मिति २०८३।०६।११ गते अन्दाजी १४:३० बजेको समयमा लागूऔषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवनापुर र वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरको प्रहरी टोली खटि गइ खोजतलास गर्ने  क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५ पिप्ले स्थित माछा पालनको सुरक्षा गार्ड बस्ने घरमा ना १९ प ९८५७ नम्बरको मो.सा. रोकि राखेको अवस्थामा मो.सा. चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-०५ बस्ने वर्ष अन्दाजी २९ को रोहन सिंहलाई  शंका लागी चेकजाँच गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ  निजको दाहिने हातको मुठ्ठी ७ पुरिया (तौल गर्दा नेट तौल ५२० मिलि ग्राम) फेला पारी निजलाई सोधपुछ गर्दा जिल्ला पर्सा बिन्दबासीनि गाउपालिका-०४ घर भई हाल हेटौडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने वर्ष अन्दाजी २४ को सुरज साहले बेचेको भनि जानकारी गराएकोले निज सुरज साहलाइ समेत निजकै डेरा कोठा नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८३-०६-०९

जिल्ला चितवन खैरहनि  नगरपालिका-१ गणेश चोक स्थित बस्ने वर्ष २६ को अजय गान्धरीले  घरमा लागुऔषध सेवन र ओसारपसार भई रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली खटी गई घरमा चेकजाँच गर्दा लागुऔषध (ब्राउन सुगर) ३.१० ग्राम  सहित  जिल्ला चितवन खैरहनी  नगरपालिका-१ गणेश चोक वस्ने वर्ष वर्ष २६ को अजय गान्धरी, ऐ.ऐ. १२ बस्ने  वर्ष ३६ को विजय क्षेत्री, जिल्ला कैलाली टिकापुर नगरपालिका- १ घर भई हाल जिल्ला काठमाण्डौ गौरीघाट वस्ने वर्ष ३२ को पुष्प उपाध्याय र  जिल्ला अछाम मङ्गलसेन  नगरपालिका-८ घर भई  हाल काठमाडौँ गौरीघाट बस्ने वर्ष ३५ को पदमबहादुर बोहरा  समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।