प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी मानिस मृत अवस्थामा फेला

२०८१-०९-२७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-३, खुर्सानिबारी स्थितमा नेपाल बिद्युत प्राधिकरणको बिद्युतको पोलमा चडी तार फेर्ने क्रममा जिल्ला मकवानपुर, थाहा नगरपालिका पालुङ स्थायी घर भई हाल जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-४ बस्ने अन्दाजी ३३ वर्षीय रामचन्द्र तामाङलाई करेन्ट लागी मृत अवस्थामा पोलमै झुण्डी रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, बाह्रबिसेबाट प्रहरी टोली खटि मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।