प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, बसपार्क नजिकै प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन कालिका नगरपालिका-८, बस्ने वर्ष २६ को बिरेन्द्र गुरुङको साथबाट अबैध औषधी ट्रामाडोल ६६ ट्याब्लेट र नगद रु.७,५००/- फेला परेको । निजलाई अबैध लागुऔषध औषधी सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालकय चितवन पठाईएको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।