प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०९-०५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ सिनागाल मार्ग बस्ने श्याम श्रेष्ठको छोरा अन्दाजी वर्ष २१ को अजय श्रेष्ठले आफ्नै घरको आफै सुत्ने कोठाको झ्र्यालको चौकोटमा गल्बन्दिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।


दोलखा कालिन्चोक गाउँपालिका-९ कटुवाचौउर स्थित पार्बति वलिको गोठमा नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को पुरूष व्यक्ति झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।