प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७८-०९-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने दुधौली नगरपालिका-७ कत्ले खोला बस्ने ५५ वर्षीय बिर बहादुर मगर रहेका छन् । निज सोहि नगरपालिका-११ बस्ने लाल बहादुर मगरले चलाएको प्रदेश २-०१-००१ प. ५२०७ नं.को मोटरसाईकलमा सवार रहेका थिए । उक्त मोटरसाईकल र प्रदेश २-०१-००१ प. ८१५४ नं.को स्कुटी आफै अनियन्त्रित भई मदनभण्डारी राजमार्गमा दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित एकआपसमा ठोकिन जाँदा स्कुटी चालक जिल्ला उदयपुर कटारी नगरपालिका-५ तिनतले बस्ने एक बहादुर आले, स्कुटीमा सवार सोहि बस्ने दिप पोखरेल र मोटरसाईकल चालक लाल बहादुर मगर समान्य घाईते भई कटारी अस्पतालमा उपचार भईरहेको छ भने उक्त मोटरसाईकलमा सवार बिर बहादुर मगर गम्भिर घाईते भई थप उपचारको लागी बिराटनगर लैजाँदै गर्दा बाटोमा नै निज लाल बहादुर मगरको मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०६-०६

मकवानपुर, थाहा नगरपालिका-४, रुप्से बस्ने अन्दाजी ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, ककनी गाउँपालिका-४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष ब्यक्ती सल्लाको रूखमा नाईलनको डोरीले लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पिपरिया टोलको सृजना चोक  बस्ने वर्ष अन्दाजी १४ की अग्रता प्रधान आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ । सिन्धुली, तिनपाटन गाउँपालिका-४, बेशीटार घर भई हाल जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने अन्दाजी २४/२५ वर्षीया की सन्जु राना मगर आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०६-०३

नुवाकोट तादी गाउँपालिका-२ अधिकारी टोल स्थित बस्ने चेत बहादुर अधिकारीको छोरा अन्दाजी वर्ष २६ को मिन बहादुर अधिकारी आफ्नै घर नजिकै रहेको मान्छे नबस्ने आफ्नै ठुलो बुवाको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ बोलुङ बस्ने खेम बहादुर गिरीको श्रीमती वर्ष अन्दाजी ५० की नेत्र कुमारी गिरी आफ्नै घरको  कोठामा बासको दलिनमा नाम्लो सहितको नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।