प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।

२०८१-०८-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ तिनताप्के स्थित पूर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नं.को बोलेरो गाडीमा लागु औषध गाँजा लिई आएको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट टोलीले पिछा गर्दै जाने क्रममा तिनताप्के स्थितबाट उक्त बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा लागूऔषध गाँजा अन्दाजी  ७१ के.जि. सहित बोलेरो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने अन्दाजी वर्ष २० को मिलन घलान र गाडीमा सवार वर्ष २६ को दावा थिङलाई नियन्त्रणमा लिईएको हो । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।

 

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।