प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा भन्सार छलीको सामान बरामद गरिएको

२०८१-०७-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-७, खुर्कोट चेकपोष्ट स्थित वि.पि.राजमार्गमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले वि.वि.राजमार्गमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट रामेछाप तर्फ आउँदै गरेको जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका-५, बस्ने वर्ष २९ को लेख बहादुर भुजेलले चलाई ल्याएको ना ७ ख ७३५७ नम्बरको ६ चक्के ट्रकलाई शंका लागि चेकजाँच गर्दा ट्रकको पछाडी लुकाई छिपाई ल्याएको अवस्थामा चिनी (प्रति बोरा ५० के.जी. लेखिएको) ६० बोरा, भुजा (प्रति बोरा ७ के.जी. लेखिएको) २१९ बोरा, भुजा (प्रति बोरा ९ के.जी. लेखिएको) १३४ बोरा फेला परेको । उक्त सामानहरुको विल नभएकोले ट्रक, ट्रक चालक र उल्लेखित सामानहरु  इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई  आवश्यक अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।