प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पहिरोमा परि एकको मृत्यु

२०८१-०६-१४

  • A
  • A-
  • A+
Share

काभ्रे, भुम्लु गाउँपालिका-९, मोक्तान टोल स्थित सुजन सार्कीको घरमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई घर भत्किदा निजको छोरा वर्ष ८ को सुजन सार्की पुरी बेपत्ता भएको छ । खबर प्रप्त हुन साथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जनाको टोली खटी गएको र निजलाई मृत अवस्थामा फेला परेको । निजलाई घरबाट बाहिर निकाली कानुनी प्रकृया पश्चात सदगतको लागि आफन्तलाई बुझाएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।