प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०५-२७

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६, सातबिसे बजार स्थित शिखर बेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ६३९० नम्बरको बसमा लागुऔषध गाँजा ल्याई रहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाइ प्रहरी पोष्ट सातबिसेबाट र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ३ किलो लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पर्नेमा काठमाण्डौ टोखा नगरपालिका-३, बानियाँटार हाईट बस्ने वर्ष अन्दाजी २९ को पवन नेपाली र सोहि बस्ने वर्ष अन्दाजी ३५ को  रबि तामाङ रहेको छ । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।