प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८१-०५-२२

  • A
  • A-
  • A+
Share

धादिङ, घर भइ हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-१, पोखराबसपार्क स्थितमा डेरा गरि बस्ने ओमलाल श्रेष्ठको छोरी वर्ष १५ की रितु श्रेष्ठले आफू सुत्ने कोठा भित्र फलामको बलोमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा निजको बुबाले देखि तत्काल सल फुकाइ उपचारको लागि भरतपुर सरकारी अस्पताल लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरातर्फ जादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिपुर नगरपालिका-२ बस्ने अन्दाजी २६ वर्षीय राजेश तामाङ र पछाडी सवार जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २० को निर्मल ढुङ्गेलको शरीर तथा निजहरूले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको १९ पत्तामा (३० वटाको  दरले) ५७० वटा Tablet लागुऔषध  NITRAVET- 10 लेखेको फेला परेको हुदाँ निजहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।