प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-६, बस्ने वर्ष २९ को ताराध्ज लामाले ( Organ phosphorus ) नामक विषादी सेवन गरी लडिरहेको अवस्थामा आफन्तले देखि उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-२७

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६, सातबिसे बजार स्थित शिखर बेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ६३९० नम्बरको बसमा लागुऔषध गाँजा ल्याई रहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाइ प्रहरी पोष्ट सातबिसेबाट र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ३ किलो लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पर्नेमा काठमाण्डौ टोखा नगरपालिका-३, बानियाँटार हाईट बस्ने वर्ष अन्दाजी २९ को पवन नेपाली र सोहि बस्ने वर्ष अन्दाजी ३५ को  रबि तामाङ रहेको छ । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।