प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

माछा मार्ने क्रममा करेन्ट लागि एकको मृत्यु

२०८१-०५-१८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१०, माथिल्लो भडार बस्ने वर्ष अन्दाजी ४२ को लाल बहादुर वि.क.ले आफ्नै घरबाट अन्दाजी २०० मिटर दक्षिण तर्फ रहेको कमला खोलामा घरबाट विजुली जडान गरी माछा मार्ने क्रममा करेन्ट लागि लडिरहेको अवस्थामा निजको श्रीमती वर्ष अन्दाजी ४२ की हिरा माया वि.क.ले देखि स्थानियहरुलाई जानकारी गराउन साथ निजलाई उपचारको लागि जनसेवा अस्पताल बर्दीबास लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।