प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१ को निरीक्षण सम्पन्न‍

२०८१-०५-१३

  • A
  • A-
  • A+
Share

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यावस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यावस्थापन, सरसफाइ, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो । 

    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनले कार्यालयगत कामकारवाहीमा भएका कमी कमजोरीहरु निर्क्यौल गरी  कार्यालयको कार्य सम्पादनमा थप प्रभावकारीता ल्याई कार्यदक्षता वृद्धि गर्ने कुरामा जोड दिनु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।
२०८२-०३-२४

बागमती प्रदेश, धुलिखेल, काभ्रेपलाञ्चोक: आज मिति २०८२।०३।२४ गते तालुक नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धुलिखेल, काभ्रेपलाञ्चोकमा संचालन भएको एक दिवसीय “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यता र श्रीमान गृह सचिव गोकर्णमणि दुवाडी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालज्यू, नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, NDRRMA कार्यकारी प्रमुख ई. दिनेश भट्टज्यू, नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखा प्रमुख, सहसचिव श्री रामचन्द्र तिवारीज्यू, प्रदेश सुरक्षा समितिका पदाधिकारीज्यूहरू, बागमती प्रदेशका (१३) वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत विभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीज्यूहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यूहरूले आ-आफ्नो जिल्लाको समग्र विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूबाट “प्रदेश स्तरीय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू एवं अन्य अतिथिज्यूबाट राख्नु भएका विषयवस्तुका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन पश्चात कार्यक्रमका अध्यक्ष श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको मन्तव्य सहित “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम सम्पन्न भएको थियो ।