प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६ केशरबाग स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने महिला सोहि महानगरपालिका-६ केशरबाग स्थित रहेको अन्नपुर्ण दुध डेरीमा काम गर्ने जिल्ला सिराहा घर भएकी २२ वर्षीय अनु यादव रहेकी छिन् । निज भरतपुर महानगरपालिका-६ केशरबाग स्थित ओम प्रसाद आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिईन । मृतक अनु यादव आफु बस्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन ।

प्रहरीले घट्नास्थल मुचुल्का सहितको कार्य गरि थप अनुसन्धान पनि गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।