प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६ केशरबाग स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने महिला सोहि महानगरपालिका-६ केशरबाग स्थित रहेको अन्नपुर्ण दुध डेरीमा काम गर्ने जिल्ला सिराहा घर भएकी २२ वर्षीय अनु यादव रहेकी छिन् । निज भरतपुर महानगरपालिका-६ केशरबाग स्थित ओम प्रसाद आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिईन । मृतक अनु यादव आफु बस्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन ।

प्रहरीले घट्नास्थल मुचुल्का सहितको कार्य गरि थप अनुसन्धान पनि गरिरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।