प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मादक पदार्थ सेवन गरि एकको मृत्यु

२०८१-०३-३१

  • A
  • A-
  • A+
Share

दोलखा, साबिक लाकुरी गा.बि.स. ५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५, चण्डेश्वरी मन्दिर स्थित मागी काम गरी खाने सन्तोष तामाङको श्रीमती अन्दाजी वर्ष ५० की सरिता थापा अत्याधिक मा.प.से. गरी बिरामी भई उपचारको लागि निजकै श्रीमानले शिर मेमोरियल अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ज.०४३१ नं. EV यात्रु बाहक गाडीमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने वर्ष अन्दाजी २५ को मनोज साहलाई शंका लागि चेकजाँच गर्दा दुवै खुट्टामा सेतो टेपले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध DIAJEPAM २५ पिस, PHEMERGAN २५ पिस र NOOPHINE २५ पिस गरि जम्मा ७५ पिस लागुऔषध फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।