प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पहिरोले यात्रु सहित बस बगाइ बाटो अवरोध भएको ।

२०८१-०३-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौर तर्फ जाँदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको भन्ने खबर प्राप्त हुना साथ,उक्त स्थानमा जि.प्र.का. चितवनबाट प्र.उ.,प्र.ना.उ. श्रीराम भण्डारी,जि.ट्रा.प्र.का.बाट प्र.नि., इप्रका मुग्लिनबाट प्र.नि. र प्र.चौ.जुगेडीबाट प्रसनिको कमाण्डमा गरी जम्मा ७५ जनाको टोली खटी गई खो.त.कार्य भई रहेको,पहिरोको कारण बाटो दुबै तर्फ अबरोध भएको,उक्त स्थान यस का.बाट ११ कि.मि.दक्षिण पर्ने बिबि पछी ।

थप टिपोटः- ऐ. ०६:३० बजे भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थित पहिरो पन्छाई बाटो एकतर्फी सुचारु भएको ।

 थप टिपोटः-बिपद ब्यबस्थापन शिक्षालय कुरिन्टारबाट गोताखोरको स.प्र.नि.धन कुमार अधिकारीको कमाण्डमा १५ जनाको टोली ऐ.०८:३० बजेको समयमा घट्ना स्थल सिमलतालमा पुगी स्थलगत अनुगमन भई रहेको ।

नोटः- काठमाण्डौंबाट गौर चल्ने गणपती लेखेको बसको गाडी धनी राकेश जैसवाल(9816107753) सह चालक (9821862977), बागमती प्रदेश०३- ००१ख २४९५ भनी जानकारी गराएको, उक्त बसमा  चालक दल बाहेक २७ जना सवार रहेको भन्ने बुझिन आएको ।

थप टिपोटः- बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरो बसमा सवार बसका यात्रीहरूः-

१.भारत घर भएका अन्सारी जी सहित २ जना  ।

२.भारत घर भएका सन्तोष ठाकुर ।

३. भारत घर भएका सुरेन्द्र साह ।

४.भारत घर भएका आदित मिया ।

५.भारत घर भएका सुनिल साह ।

६.भारत घर भएका साहनबाज आलम ।

१.बिरगन्ज म.न.पा.१४ पिपरा घर भएका प्रकाश पटेल सहित- २ जना  ।

२. वतन नखुलेको अरबिन्द्र दुबे ।

३. वतन नखुलेको हरिन्द्र पण्डित

४. रामनगरी पर्सा घर भएका सुजित जी सहित २ जना ।

५.मुसहर्वा बारा बस्ने परमानन्द जी   ।

६.रंगपुर पर्सा घर भएका हृदय नारायण राउत, सहित ३ जना ।

७.रघुनाथपुर  घर भएका सालिम मिया सहित २ जना ।

८.पुर्वारी कटिया पर्सा घर भएका रैजुल आलाम सहित  २ जना  ।

९. बस चालक जवाहिर महत्तो,बिरगन्ज बस्ने ।

१०.बस साहुं राजेन्द्र के.सी ।

११.नाम नखुलेको सह चालक चौधरी ।

काठमाण्डौ देखि गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बागमती प्रदेश०३- ००१ख २४९५ बसमा सवार ३ जना ब्यक्तिहरु गाडीबाट हामफाली सकुशुल नदीबाट बाहरि निस्की सामान्य घाईते भई उपचारको लागि भरतपुर तर्फ आएको ।

१.जिल्ला रौतहट देवाहि गोनाहि  नगरपालिका एक बस्ने बस्ने वर्ष ३० को नन्द दास सामान्य,नयां मेडिकल कलेजमा उपचार भई रहेको,

२.जिल्ला रौतहट राजदेबि नगरपालिका ९ बस्ने वर्ष ४५ को जोगेश्वर राई यादव,नयां मेडिकल कलेजमा उपचार भई रहेको ।

३.जिल्ला रौतहट गढिमाई नगरपालिका ३ बस्ने वर्ष २६ को सुरज गुप्ता, सामान्य सरकारीमा अस्पतालमा उपचार पश्चात डिस्चार्ज  भई गएको ।

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।             प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय) फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।

लागुऔषध देखीने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको प्रहरी टोलिले शंका लागि  थाक्रे गाँउपालिका-३ मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको, आवश्यक अनुसन्धान कार्य भइरहेको ।