प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी मृत्यु

२०७८-०९-०५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६ गितानगर बस्ने एक महिलाको लडी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने साजन महत्तोको श्रीमती अन्दाजी २२ वर्षीय अम्बिका महत्तो रहेकी छिन् । निज आफनै घर अगाडि रहेको नालामा लडी बेहोस अवस्थामा फेला परेकी थिईन् । बेहोस भएकी निज अम्बिका महत्तोको उपचारको लागि जिल्ला अस्पताल भरतपुर ल्याईएकोमा उपचारको क्रममा डाक्टरले निजलाई मृत घोषणा गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।