प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

“इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको निरीक्षण तथा निर्देशन सम्बोधन”

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूबाट इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट इलाका प्रहरी कार्यालय बनेपाको भवन, पेरिमिटर, हिरासत कक्ष, अभिलेखीकरणको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।