प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध काठ नियन्त्रणमा

२०७८-०९-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१ स्थित रहेको प्रहरी चेकपोष्टले अबैध काठ नियन्त्रणमा लिएको छ ।

चेकपोष्ट अगाडि सवारी साधनहरू चेकजाँच गर्ने क्रममा डकाहाबाट भिमान तर्फ जाँदै गरेको ना १ ज ८७६६ नं.को बोलेरो गाडि प्रहरीले रोक्न खोज्दा नरोकी भागेर गएकोमा उक्त गाडिको पिछा गरी कमलामाई नगरपालिका-१४ बयरबनि स्थित पुगि चालकले गाडि लक गरी गाडि छाडि फरार रहेको उक्त गाडि चेकजाँच गर्दा बिल नभएको ७ फिट १० ईन्च लम्बाई भएको ३/४ ईन्चको मोटाई भएको  अन्दाजी ४१ पिस चौकोष जम्मा अन्दाजी ३४.९३ क्युफिट सालको काठ फेला परेको थियो ।

अबैध काठ सहित उक्त गाडि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही गरिरहेको छ । 

सम्बन्धित समाचार