प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा

२०८१-०३-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-७, देउखेल स्थितमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिलाई देख्नासाथ देउखलबाट पालुङ तर्फ आउँदै गरेको  ना २० प १८६७ र प्रदेश ३-०२-०१२ प १५९२ को मोटरसाईकलमा सवार ब्यक्तिहरू दुबै मोटरसाईकल सोही स्थानमा छाडी  फरार भएको, उक्त मोटरसाईकलमा प्लाष्टिकमा प्याक गरी ल्याएको २ पोका अन्दाजी १०० किलो गाँजा फेला परेको । मोटरसाईकल र लागुऔषध गाँजा नियन्त्रणमा लिई फरार ब्यक्तिहरूको खोजतलास तथा पहिचान लगाएतको अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६

सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।