प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा

२०८१-०३-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-७, देउखेल स्थितमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिलाई देख्नासाथ देउखलबाट पालुङ तर्फ आउँदै गरेको  ना २० प १८६७ र प्रदेश ३-०२-०१२ प १५९२ को मोटरसाईकलमा सवार ब्यक्तिहरू दुबै मोटरसाईकल सोही स्थानमा छाडी  फरार भएको, उक्त मोटरसाईकलमा प्लाष्टिकमा प्याक गरी ल्याएको २ पोका अन्दाजी १०० किलो गाँजा फेला परेको । मोटरसाईकल र लागुऔषध गाँजा नियन्त्रणमा लिई फरार ब्यक्तिहरूको खोजतलास तथा पहिचान लगाएतको अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।