प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-०२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा प्रहरीले एक मानिसलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने जिल्ला तनहु म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाल रहेका छन् । निज भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा ग २० प ६१५५ नम्बरको मोटरसाईकल रोकी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामनगरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथवाट लागुऔषध नोरफिन, डाईजेपाम र ट्रमा गरी जम्मा २४४ पिस फेला परि निजलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार