प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँ बजार स्थित पूर्व पश्चिम राजमार्गमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना.५ख ७७२१ नं.को ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.-०३-००४प ६९७३ नं.को बुलेट मो.सा.लाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने वर्ष ४५ को दिनेश कार्कीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-११-०३

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।