प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-५ भराती बस्ने वर्ष अन्दाजी ३० को सुन बहादुर तामाङ आफ्नै घरको आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
धादिङमा लागुऔषध गाँजा र अफिम सहित दुई जना मानिस पक्राउ
२०८२-१२-२९

धादिङ गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडक खण्डमा विशेष सुराकीको आधारमा यस इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरीतर्फ आउदै गरेको बा ५ ख ७५३७ नम्बरको आईचरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कालो त्रिपालले छोपेको ९ ( नौ ) वटा सेतो कलरको बोराभित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरी पोका पारी राखेको अवस्थामा २८६ किलो ४०० ग्राम लागुऔषध गाँजा र २०० ग्राम अफिम जस्तो देखिने चिजवस्तु फेला परेको हो । उक्त लागूऔषध गाँजा र अफिम जस्तो देखिने चिजवस्तु भेटिए पश्चात आईचर चालक र आईचरमा सवार एक व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा आईचर चालक जिल्ला धादिङ नीलकण्ठ न.पा. ८ बस्ने हिरालाल बि.क. को छोरा वर्ष अन्दाजी २२ को अम्मर बि.क. र आईचरमा सवार जिल्ला धादिङ सिद्वलेक गा.पा.-५ बस्ने लाल बहादुर बि.क. को छोरा वर्ष अन्दाजी १९ को होम बहादुर बि.क. रहेको छ । यस घटनामा थप अनुसन्धान कार्य भई रहेको छ ।