प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

धादिङ बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौंबाट पोखरा तर्फ जादै गरेको बा २ ख १४१० नम्बरको हाईसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरी टोलिले उक्त हाईस चेकजाँच गर्ने क्रममा हाईसमा सवार जिल्ला धादिङ थाक्रे गाउँपालिका-३ बस्ने वर्ष २४ को विनोद तामाङ र वर्ष २० को रेशम तामाङको जेब्रा झोला भित्र ५ के.जि. परिणामको लागूऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।