प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न

२०८१-०१-०५

  • A
  • A-
  • A+
Share

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।

         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।

       रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।