प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैँसे स्थित त्रिभुवन राजपथ सडक खण्डमा प्रहरी चौकी भैँसे, मकवानपुरबाट खटिएको चेकिङ टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख २२९९ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१० बस्ने अन्दाजी ३६ वर्षीय सिंह बहादुर स्याङ्तानले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।