प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित दुई जना पक्राउ

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६, चिसापानी चोक स्थित धरानचतरा सडक खण्डमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको गस्ति टोलीले चिसापानी बस्ने अन्दाजी २२ वर्षीय अञ्जन खड्काको साथबाट लागुऔषध ट्रामाडोल ट्याबलेट-१० पिस र जिल्ला मकवानपुर, बकैया गाउँपालिका-३ बस्ने अन्दाजी २१ वर्षीय कुशल खड्काको साथबाट लागुऔषध गाँजा अन्दाजी १५/२० ग्राम र NT CUP ट्याबलेट-१ पिस फेला परेको हुँदा अवैध लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।