प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा मानिस मृत्यु

२०८३-०५-२५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-३ पुरानो यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख ५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनीबाट टाँडी तर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको , सोही स्कुटर सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३९ को पृतम मोक्तानको शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा उपचारको क्रममा  चिकित्सकले मृत्यु घोषणा गरेको छ, ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।