ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एकको मृत्यु ।
२०८३-०५-२५
- A
- A-
- A+
मिति
२०८३/०५/२५ गते अन्दाजी ०९:४५ बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका-३ पुरानो
यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख
५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनी बाट टाँडी तर्फ आउदै गरेको ना ३९ प १३४५ नम्बरको
स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष
अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको छ
भने स्कुटरमा पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३८/३९ को पृतम मोक्तानको शरीरको
विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा
उपचारको क्रममा ऐ.०९:५५
बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको छ । ट्रक,स्कुटर र ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१
बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना
सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।