प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-५, चौतारा स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयमा करार सेवामा कार्यरत अन्दाजी ५० वर्षीय अमिर बहादुर श्रेष्ठ सोही ठेगाना बस्ने कृष्ण बहादुर माझीको घरमा आई बसेकोमा निज सुतेको कोठामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।