प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, रमौली बस्ने वर्ष अन्दाजी ४५ को  जगत बहादुर प्रजाको घरमा लागुऔषध गाँजा छ भन्ने  विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय, मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई चेकजाँच गर्दा घर देखी पश्चिम तर्फ मल राख्ने खाल्डोमा लुकाइ छिपाई राखेको लागुऔषध गाँजा ६४ किलो फेला परेका थिए । लागुऔषध गाजाँ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।