प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन ।

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.ना.म.नि.ज्यूबाट तालिम केन्द्रको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेस, कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण आचरण व्यवहार, प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि कार्यक्रमहरू लगायत दिइएको जिम्मेवारी त्रुटि रहित ढङ्गबाट सम्पादन गर्नु पर्ने विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो । 

            साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत कार्यालयका प्रमुख समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि प्रयोग गरी नागरिक मैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०२-०१

चितवन, रत्ननगर नगरपालिका-३, शान्तीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुंवर गम्भीर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको छ । उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।