प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८०-०९-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढि गाउँपालिका-१, बादरखोल्सी स्थित भित्रि सडकखण्डमा लेनडांडा बाट बादरखोल्सी तर्फ जाँदै गरेको बा.प्र-०३-००१ ख १४८९ नम्बरको टिफर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी १५० मिटर तल खसेको, चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे बस्ने वर्ष २२ को सुकदेव पाख्रिन गम्भिर घाईते भई निजलाई उपचारको लागि हेटौंडा अस्पताल तर्फ पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भए । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना मानिसहरु नियन्त्रणमा
२०८३-०६-०७

जिल्ला चितवन भरतपुर महानगरपालिका-५ बिकास चोक स्थित रहेको ह्यापि होम पार्टी प्यालेसको कटेजमा जिल्ला चितवन भरतपुर महानगरपालिका-४ नवदुर्गाचोक बस्ने वर्ष २७ को रिसत सुवेदी, ऐ. भरतपुर महानगरपालिका- ७  विकासचोक बस्ने वर्ष २८ को कुशल श्रेष्ठ र ऐ.ऐ. बुद्धचोक बस्ने वर्ष २२ को पुजन भन्ने शशी गहतराजहरुले लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिगई ब्राउन सुगर जस्तो देखीन पदार्थ अन्दाजी ३ ग्राम (प्लाष्टिक सहित तौल हुन बाँकी), नगद ने.रु.१६,५६५।–/र भा.रु.५००।-सहित तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ । 

बिष्फोटक पर्दाथको सामान सहित १ जना मानिस नियनत्रणमा
२०८३-०६-०६

जिल्ला धादिङ खनियाबास गाँउपालिका-४ किन्ताङफेदि स्थितमा किन्ताङफेदिबाट धादिङबेशि तर्फ जाँदै गरेको BAA 0734 नं. को जिपमा सवार जिल्ला सुर्खेत हरिहर गाँउपालिका-१ चितिचौर घर भई हाल जिल्ला धादिङ रुविभ्यालि गाँउपालिका-४ स्थित गोरक्ष हाईट्रोपावरमा काम गर्ने कामदार बर्ष अन्दाजी ३५ को चन्द्र बहादुर भारतीले घर फर्किने क्रममा हाईट्रोपावरमा भएको १०० मिटर बलाष्टिङ गर्ने कालो रातो मसिनो तार, डटोनेटर ४ थान (पट्काउने काम गर्ने) र ३ वटा इमुलेसन बरामद गरी सामान सहित निजलाई नियनत्रणमा लिएको, जिल्ला प्रहरि कार्यालय धादिङमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ ।