प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८०-०९-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढि गाउँपालिका-१, बादरखोल्सी स्थित भित्रि सडकखण्डमा लेनडांडा बाट बादरखोल्सी तर्फ जाँदै गरेको बा.प्र-०३-००१ ख १४८९ नम्बरको टिफर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी १५० मिटर तल खसेको, चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे बस्ने वर्ष २२ को सुकदेव पाख्रिन गम्भिर घाईते भई निजलाई उपचारको लागि हेटौंडा अस्पताल तर्फ पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भए । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।