प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१२

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९ नयाँ पशुहाट बजार स्थित एक महिला झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोहि नगरपालिका-९ दोभान टोल बस्ने ३७ वर्षीय धनमाया थापामगर रहेकी छिन् । निज नयाँ पशुहाट बजार स्थित खगेडी खोलाको किनारमा रहेको सिसौको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी हुन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६

सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।