प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०९-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको BR 1 PB 3314 नं.को भारतिय सुमोलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडि भागमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ५ पोका अन्दाजी १५ किलो फेला परेको थियो । सुमो चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालीका-२३, बस्ने वर्ष अन्दाजी ३० को रियाज देवानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।