प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धि छलफल तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाद्वारा आयोजित वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती विषयक १ (एक) दिने छलफल तथा अन्तरक्रिया गोष्ठी” कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यातामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गर्नु भएको, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गर्नु भएको थियो । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्र.ना.उ. सुजित कुमार ओझा ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण गर्नु भएको ।

सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच जिल्लागत ट्राफिक व्यवस्थापनमा देखा परेका समस्या, चुनौतीहरुको विषयहरूमा आवश्यक छलफल तथा अन्तर्क्रिया गरी आवश्यक निर्देशन दिनु भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक  प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी बनाउनुको साथै नियमित काम कारबाहीलाई व्यवसायिक, उत्तरदायी र पारदर्शी  बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालज्यूले ट्राफिक प्रहरीको काम कारवाही सम्वन्धमा आफ्ना भनाई तथा सुझावहरू राख्नु भएको थियो ।

उक्त  एक दिने गोष्ठीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्र.ब.उ. रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू,तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा यस कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूहरु, लगायत संचारकर्मीज्यूहरु , प्रहरी निरीक्षकहरु, मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरू सहित  ७५ जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।             प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय) फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।

लागुऔषध देखीने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको प्रहरी टोलिले शंका लागि  थाक्रे गाँउपालिका-३ मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको, आवश्यक अनुसन्धान कार्य भइरहेको ।