प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धि छलफल तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाद्वारा आयोजित वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती विषयक १ (एक) दिने छलफल तथा अन्तरक्रिया गोष्ठी” कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यातामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गर्नु भएको, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गर्नु भएको थियो । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्र.ना.उ. सुजित कुमार ओझा ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण गर्नु भएको ।

सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच जिल्लागत ट्राफिक व्यवस्थापनमा देखा परेका समस्या, चुनौतीहरुको विषयहरूमा आवश्यक छलफल तथा अन्तर्क्रिया गरी आवश्यक निर्देशन दिनु भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक  प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी बनाउनुको साथै नियमित काम कारबाहीलाई व्यवसायिक, उत्तरदायी र पारदर्शी  बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालज्यूले ट्राफिक प्रहरीको काम कारवाही सम्वन्धमा आफ्ना भनाई तथा सुझावहरू राख्नु भएको थियो ।

उक्त  एक दिने गोष्ठीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्र.ब.उ. रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू,तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा यस कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूहरु, लगायत संचारकर्मीज्यूहरु , प्रहरी निरीक्षकहरु, मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरू सहित  ७५ जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार