प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-९ राम्चे स्थित मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि नगरपालिका-९ राम्चे बस्ने ३२ वर्षीय नवराज ठकुरी रहेको । निज आफ्नो घर देखी अन्दाजी १.५ कि.मि. पश्चिम काप्रे सामुदायिक वनमा चिलाउनेको रुखमा निजले लगाएको ज्याकेटले घाँटिमा पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेकाहुन् ।

घट्ना बारे आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।