प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-१९

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, फुर्केखोला स्थित जिल्ला नुवाकोट, तारकेश्वर गाउँपालिका-२ बस्ने वर्ष २१ को धिरज बराल मगरले पोखरा जाने गाडी कुरी रहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट फुर्केखोलाको पिकेट डिउटी खटिएको प्रहरी टोलीले शंकास्पद लागी निजलाई चेकजाँज गर्ने क्रममा चामलको निलो रङ्गको बोरा भित्र लुकाई छिपाई राखिएको अन्दाजी २ किलोग्राम लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।